२०८१ श्रावण १२
Home Economy सरकारले ६ महिनामा गर्‍यो पाँच खर्ब ७३ अर्ब खर्च

सरकारले ६ महिनामा गर्‍यो पाँच खर्ब ७३ अर्ब खर्च

by laganisutra

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा पाँच खर्ब ७३ अर्ब ६३ करोड २८ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०८० साउनदेखि पुस मसान्तसम्मको खर्चको विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सरकारको खर्च थोरै बढेको देखाएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा सरकारको खर्च पाँच खर्ब ७६ अर्ब ३५ करोड ९८ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चालुतर्फ चार खर्ब ४३ अर्ब चार करोड ८७ लाख २७ हजार रुपैयाँ, पुँजीगततर्फ ५० अर्ब ४४ करोड ८८ लाख ४ हजार रुपैयाँ र बित्तीय व्यवस्थापनतर्फ ८० अर्ब १३ करोड ५३ लाख ४८ हजार रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा सरकारले चालुतर्फ चार खर्ब ५५ अर्ब १३ करोड ९१ लाख ७४ हजार रुपैयाँ, पुँजीगततर्फ ५३ अर्ब ४५ करोड ५२ लाख ३७ हजार रुपैयाँ र बित्तीय व्यवस्थापनतर्फ ६७ अर्ब ७६ करोड ५३ लाख ९६ हजार रुपैयाँ खर्च गरेको थियो ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ र बित्तिय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विनियोजित कुल बजेटको ३२.७५ प्रतिशत खर्च भएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३२.१३ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बजेटि विनियोजन गरेको थियो ।

गत आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा चालु आर्थिक वर्ष चालुतर्फ ०.२० प्रतिशतले बढी, पुँजीगततर्फ २.०१ प्रतिशतले बढी र बित्तीय व्यवस्थातर्फ १.१० प्रतिशतले कम खर्च भएको अर्थले जनाएको छ ।

अर्थ मन्त्रालयको विवरणअनुसार पछिल्लो ६ महिनामा सरकारले पाँच खर्ब १५ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ राजस्व उठाएको छ । सरकारको लक्ष्य भने उक्त अवधिमा ६ खर्ब ६८ अर्ब १६ करोड ८९ लाख रुपैयाँ राजस्व उठाउने रहेको थियो । लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको अर्थको विवरणले देखाउँछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.