२०८१ जेष्ठ १२
Home Business बजारबाट थप ३० अर्ब रुपैयाँ तान्दै राष्ट्रिय बैंक

बजारबाट थप ३० अर्ब रुपैयाँ तान्दै राष्ट्रिय बैंक

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्दैछ । बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने केन्द्रिय बैंकले जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो । राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसअघि मंगलबार पनि केन्द्रीय बैंकले बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ २४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.