२०८१ श्रावण १२
Home Business बजारबाट थप २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बजारबाट थप २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

by laganisutra

काठमाडौं । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् उक्त रकम तान्न लागेको हो । केन्द्रीय बैंकका अनुसार मंगलबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

साँवा र ब्याज भुक्तानी मिति फागुन १ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.