२०८१ श्रावण १२
Home Economy लक्ष्यभन्दा करिब १५ प्रतिशत बढी राजस्व उठाउँदै रसुवा भन्सार कार्यालय

लक्ष्यभन्दा करिब १५ प्रतिशत बढी राजस्व उठाउँदै रसुवा भन्सार कार्यालय

by laganisutra

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले आर्थिक बर्ष २०८०/८१ को पुष महिनासम्म लक्ष्य भन्दा १५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को छ महिना सम्ममा राखेको लक्ष्यको पन्ध्र दशमलब एक चार प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

चालु अर्थिक बर्षकोे पुष महिनासम्म ८ अर्ब ९६ करोड २६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ राजस्व असुली भएको छ, जुन लक्ष्यको तुलनामा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँ बढी हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षमा करिब २० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा आर्थिक बर्षको छ महिनामा १० अर्ब ३२ करोड ५६ लाख रुपैयाँ राजस्व असुली गरेको बताउनुभयो ।

२०८०/८१ को पुष महिनासम्म आठ अर्ब छयानब्बे करोड छब्बिस लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको तुलनामा एक अर्ब छत्तीस करोड तीस लाख रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।

भन्सार कार्यालय टिमुरेका अनुसार गत आर्थिक बर्षको ६ महिनाको तुलनमा यस आर्थिक बर्षमा दुई सय अन्ठानब्बे दशमलब दुई सात प्रतिशतले राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।

गत आर्थिक बर्षको पुष महिनामा तीन अर्ब छयालिस करोड २३ लाख रुपैयाँ मात्र राजश्व उठेकोमा अहिले दश अर्ब बत्तीस करोड छपन्न लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त:शुल्क भ्याट लगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्रीहरू जाने गर्दछ ।।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.