२०८१ असार ६
Home Business एचआईडीसीएलको नाफा ११ प्रतिशत बढ्यो

एचआईडीसीएलको नाफा ११ प्रतिशत बढ्यो

by laganisutra

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)को खुद नाफा ११.४ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७५ करोड २७ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष यसै अवधिमा ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दा नाफामा टेवा पुगेका देखिन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको वित्तीय आम्दानी १ अर्ब ७ करोड रुपैयाँ छ । गत वर्षको यहीं अवधिमा यस्तो आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो । त्यस्तै गत वर्षको दोस्रो त्रैमासमा कन्ट्र्याकवापतको आम्दानी पहिले ४३ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा बढेर १ करोड २३ लाख रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६१ पैसा छ । जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ । कम्पनीको रिटर्न अन इक्वीटी ५.७७ प्रतिशत छ । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.