२०८१ श्रावण १२
Home Business यस्तो छ आज तरकारीको भाउ

यस्तो छ आज तरकारीको भाउ

by laganisutra

काठमाडौं । मटरकोशाको भाउ किलोमै ३० रूपैयाँ सस्तिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको मूल्यसूची अनुसार मटरकोशाको भाउ ८० देखि ९० रूपैयाँ प्रतिकिलो छ ।

शुक्रबार यसको भाउ ११० देखि १२० रूपैयाँ प्रतिकिलो थियो । आज गोलभेँडा, आलु, प्याज, काउली, मुला, घिउसिमी लगायतका तरकारीका भाउ स्थिर छ ।

बन्दाको भाउ किलोमा ५ रूपैयाँ बढेको छ। हिजो २५ देखि ३० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको लोकल बन्दाको भाउ आज ३० देखि ४० रूपैयाँ छ । भन्टा पनि आज १० रूपैयाँ महँगिएको छ। हिजो ६० देखि ७० रूपैयाँमा कारोबार भएको भन्टाको भाउ आज ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.