२०८१ श्रावण १२
Home Business पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

by laganisutra

इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०र८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०र८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।

यसैगरी आव २०७७र७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिनुभयो । यस्तै आव २०७८र७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार ९३४ दशमलव ४८ प्रतिशत० राजस्व सङ्कलन भएको थियो । सुब्बाका अनुसार, २०७९र८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार ९१०८ प्रतिशत० राजस्व सङ्कलन गरियो ।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताए । पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन् । “हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न थालेको छ ।” आचार्यले भने ।

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताए । भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिनुभयो । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताए ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै देशले सीमा क्षेत्रमा आवश्यक कार्यालय स्थापना गरेर आयात निर्यात सहज बनाउनुपर्ने बताए । उनले भौगोलिक विकटताका कारण कार्यालय स्थापना गर्न सकिएन भन्ने भारतको भनाइमा सत्यता नरहेको बताए । कार्यालय प्रमुख सुब्बाले खुला सीमानाका भएका कारण चोरी पैठारी रोकिन नसकेको बताए ।

कार्यक्रममा सबैभन्दा बढी कारोबार गर्ने सूर्योदय–२ पशुपतिनगरका दादिकी शेर्पालाई सम्मान गरिएको थियो । उक्त अवसरमा कार्यालयका नायब सुब्बाद्वय विनोद आचार्य र प्रकाश सुन्दासलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । भन्सार दिवसको उपलक्ष्यमा पहिलो सेवाग्राहीका रूपमा भारतको दार्जिलिङका दावानर्बु शेर्पालाई सम्मान गरेको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म पशुपतिनगर र इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई राजस्व सङ्कलनमा सहयोग गरेको भन्दै कदरपत्र प्रदान गरिएको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा कार्यालयले अर्थवार्षिक नतिजासहित तीन वर्षको प्रगति सार्वजनिक गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.