२०८१ श्रावण १२
Home BusinessCompanies आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरका दीपक र दिपाश्री

आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरका दीपक र दिपाश्री

by laganisutra

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेसडरमा कलाकार दीपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन्।

शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दीपकराज गिरी, दिपाश्री निरौला र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार(प्रसार, विभिन्न क्रियाकलापहरूमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धिलगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरूको महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए।

साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दिपाश्री निरौलाले कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.