२०८१ श्रावण १२
Home Business आइपिओ निष्कासन गर्दै थप एक कम्पनी

आइपिओ निष्कासन गर्दै थप एक कम्पनी

by laganisutra

काठमाडौं । पोखरामा अवस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले रु. १०० अंकित दरले ४० लाख कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासनको उद्देश्यले कम्पनीले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एलएस क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निश्कासनकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष सुनिलभक्त श्रेष्ठ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका बताइएको छ ।

जारी पूँजी रु।१ अर्ब ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विशेष सुविधासम्पन्न रिजोर्टको रुपमा माउण्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको छ । विगत ८ वर्षदेखि सञ्चालनमा रहेको यो स्पाले सेयर निश्कासनपछि कोठाहरु थप गरी विदेशी होटल चेनसँग समेत सहकार्य गरी पाँचतारे स्तरको होटल तथा रिजोर्ट सञ्चालनको योजना बनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.