२०८१ श्रावण १२
Home Business एएम बेस्टबाट हिमालयन रिइन्स्योरेन्सले पायो ‘बी प्लस’ रेटिङ

एएम बेस्टबाट हिमालयन रिइन्स्योरेन्सले पायो ‘बी प्लस’ रेटिङ

by laganisutra

काठमाडौं । केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले अर्को सफलता हासिल गरेको छ ।

कम्पनीले विश्वप्रसिद्ध रेटिङ एजेन्सी एएम बेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा ‘बी’ बाट ‘बी प्लस’ रेटिङमा छलाङ मारेको हो ।

‘एएम बेस्टबाट रेटिङ गराएको दोस्रो वर्षमै आफ्नो रेटिङ ‘बी’ बाट ‘बी प्लस’ मा स्तरोन्नति गराउन सक्नुलाई अन्यन्तै ठूलो उपलब्धिका रुपमा लिइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘बी प्लस’ रेटिङले कम्पनीको वासलात अन्यन्त सबल रहेको जनाउँछ ।

स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवि बनाउन सफल भएको छ । हिमालयन रिइन्स्योरेन्सले एएम बेस्टबाट ‘बी प्लस’ रेटिङ प्राप्त गरेसँगै दक्षिण पूर्व एसिया, मध्यपूर्व, अफ्रिकी तथा युरोप प्रान्तहरुबाट पुनर्बीमा व्यवसाय गर्न ढोका खुल्ला भएको छ ।

यसले अन्तर्राष्ट्रिय पुनर्बीमा व्यवसाय उल्लेख्य वृद्धि हुने कम्पनीले जनाएको छ । ‘कम्पनीले राष्ट्रका लागि नै विदेशी विनियम आर्जन गर्न उदाहरणीय योगदान पुर्‍याउने विश्वास लिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.