२०८१ श्रावण १२
Home Business ६ महिनामा २११ उद्योग दर्ता, १ खर्ब ३६ अर्ब लगानी

६ महिनामा २११ उद्योग दर्ता, १ खर्ब ३६ अर्ब लगानी

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा २११ वटा नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा कुल १ खर्ब २६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता जनाइएको छ ।

उद्योग विभागका अनुसार पुस मसान्तसम्म २८ वटा ठूला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग दर्ता भएका छन् ।सरकारले चालु आवमा सरकारले कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने अनुमान गरेको थियो ।

चालु आवको पहिलो ६ महिनामा उद्योग दर्ताको संख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिवद्धतामा भने कमी आएको छ । विभागको तथ्यांक अनुसार गत आव २०७९/८० को पहिलो ६ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी १ खर्ब ३९ अर्ब रुपैयाँ रहेको थियो ।

आव २०७८/७९ को पहिलो ६ महिनामा १५५ उद्योग दर्ता भएका थिए । जसको लगानी प्रतिवद्धता १ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले २ हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखेको तथ्यांक छ ।

एफडीआई २२.३३ अर्ब

यस वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई)भने २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको स्वीकृति भएको छ । यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्राउने सरकारको योजना छ ।

पुसमा मात्र १.७३ अर्ब रुपैयाँको एफडीआईको प्रतिवद्धता आएको छ । ६ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालँई रोजगारी दिने प्रतिवद्धता जनाएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.