२०८१ श्रावण १२
Home EconomyNational गभर्नर महाप्रसादलाई लफडामा फसाइरहने को ?

गभर्नर महाप्रसादलाई लफडामा फसाइरहने को ?

by laganisutra

काठमाडौं । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा बेला–बेला प्रश्न उठ्ने गर्छ । राष्ट्रबैंकको ऐनमा तोकिएअनुसार उनको शैक्षिक योग्यता नभएको भन्दै पटक–पटक उनलाई पदबाट हटाउनुपर्ने दाबीसहित अदालतमा रिट दायर हुने गरेको छ ।

बेला–बेला यो विषयलाई कोट्याएर रिट दायर भए पनि आवेदकको मागदाबीलाई अदालतले खारेज गर्दै आएको छ । शैक्षिक योग्यताबाहेक पनि गभर्नर अधिकारीलाई पटक–पटक विभिन्न विवादमा तान्ने काम गर्ने गरिएको छ । कहिले सेयर लगानीकर्ताको नाममा त कहिले सरकारवादी दल वा कार्यकर्ताको नाममा समेत उनीविरुद्ध सामाजिक सञ्जालहरुमा प्रहारहरु हुँदै आएका छन् ।

नीतिगत स्थायीत्व हुनुपर्छ भन्ने पक्षमा अडिग गभर्नर अधिकारी कतिपय विषयमा चिप्लिएका पनि छन् । अर्थतन्त्र सुधारका लागि सरकारले बनाउने बजेट, नीति तथा कार्यक्रमलाई सपोर्ट हुने गरी सन्तुलित मौद्रिक नीति ल्याउनुपर्ने र त्यसको इमानदारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भूमिकामा रहेका उनका कतिपय कामको चर्को आलोचना हुने गरेको छ ।

पछिल्लो समय सेयर लगानीकर्ताको टार्गेटमा परेका उनले जब सेयर धितो कर्जाको सीमा र जोखिमभारमा लचक नीति बनाउँदै गए, त्यसपछि त्यो वर्गको विरोध कम भएको छ । सेयर लगानीकर्ताहरुले सत्तोसराप गर्न कम गरेकै बेला पछिल्लोपटक फेरि उनको शैक्षिक योग्यताको विषय ब्यूँतियो र पुनः बहस सुरु भयो ।

यसरी गभर्नर अधिकारीलाई पटक–पटक अप्ठ्यारो पार्ने पात्र वा समूह को होला त रु राष्ट्रबैंकका उच्च अधिकारीहरुसमक्ष केही समयअघि एउटा महत्वपूर्ण सूचना पुग्यो ।

केन्द्रीय बैंक उच्च स्रोतका अनुसार गभर्नर अधिकारीलाई यो वा त्यो बाहानामा दुःख दिने र सकेसम्म बेलैमा पदबाट हटाउन सकिन्छ कि भनेर अभियान नै बनाएर लाग्ने दुई पात्रको विषयमा खबर पुगेको छ । को को हुन् त उनीहरु? स्रोत भन्छ–‘नाम सुन्दा पत्याउनु कि नपत्याउनु जस्तो भएको छ । एउटा नाम हो चिन्तामणि शिवाकोटी र अर्को हो विश्व पौडेल ।’

शिवाकोटी राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर हुन् । महाप्रसाद अधिकारीसँगै गभर्नर हुने सूचीमा उनको नाम पनि समावेश थियो । आफूलाई केपी ओलीको खास विश्वासपात्र ठान्ने शिवाकोटी नै गभर्नर हुने धेरैको अड्कलबाजी थियो । तर, डा. युवराज खतिवडाले आफ्ना प्रिय महाप्रसाद अधिकारीलाई गभर्नर बनाइछाडे ।

महाप्रसादसँग खासै राम्रो सम्बन्ध नरहेका शिवाकोटीले गभर्नरको रेसमा हार्नुपर्यो । त्यसपछिदेखि नै महाप्रसाद अधिकारीले गभर्नरको रुपमा लिएका नीतिको उनी कटु आलोचक बन्दै आएका छन् । रमाइलो कुरा के छ भने गभर्नरको कटु आलोचना गर्दै आएका शिवाकोटी पछिल्लो समय आफैं राष्ट्रबैंकको सञ्चालक बनेर काम गरिरहेका छन् । गभर्नर अधिकारीले राष्ट्रबैंकको सञ्चालक समितिमा एउटा विषय पेश गरेर नीति कार्यान्वयन गर्दा वा निर्देशन दिंदा चाहिँ बिल्कुलै भिन्न विषय ल्याउने गरेको भन्दै शिवाकोटीले सार्वजनिक रुपमै आलोचना गर्ने गरेका छन् । उनै शिवाकोटी गभर्नरविरुद्ध मोर्चाबन्दी कसेर लागेको सूचना राष्ट्रबैंक पुगेको हो ।

पछिल्लो समय गभर्नर अधिकारीविरुद्धको अभियानमा अर्थशास्त्री डा। विश्व पौडेल पनि जोडिएका भन्दै सूचना पुगेको स्रोतको दाबी छ । डा. विश्व पौडेल पनि आगामी गभर्नरको रेसमा छन् । अधिकारीको कार्यकाल १४ महिना मात्र बाँकी रहेको अवस्थामा विभिन्न आकांक्षीहरुले बेलैदेखि दौड सुरु गरेका छन् । यो क्रममा डा. पौडेलको डिजाइनमै अदालतमा मुद्दा दायर गरिएको स्रोतको दाबी छ ।

तर, राष्ट्रबैंकसम्म पुगेको भनिएको गोप्य यो सूचना र त्यसमा लगाइएको आरोपको विषयमा शिवाकोटी र पौडेलले खण्डन गरेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.