२०८१ श्रावण १२
Home Business विश्वका ठूला सेयर बजारमा चौथो स्थानमा उक्लियो भारत, पहिलोमा को ?

विश्वका ठूला सेयर बजारमा चौथो स्थानमा उक्लियो भारत, पहिलोमा को ?

by Lagani Yaman

एजेन्सी । विश्वका ठूला सेयर बजारमा भारत चौथो स्थानमा उक्लिएको छ । स्टक मार्केटमा सूचीकृत भएका सम्पूर्ण धितोपत्रको कुल मूल्यका आधारमा भारत चौथो ठूलो मुलुक भएको हो । भारतको बजारले हककङको बजारलाई पछि पारेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।

सोमबार बजार बन्द हुँदा भारतको स्टक मार्केटमा सूचीकृत धितोपत्रको कुल पूँजीकरण रकम ४.३३ ट्रिलियन डलर (४३ खर्ब ३० अर्ब डलर) पुगेको ब्लुमबर्ग रिपोर्टले जनाएको छ । सो रिपोर्टअनुसार सोमबार हङकङको स्टक मार्केट आकार ४.२९ ट्रिलियन (४२ खर्ब ९० अर्ब डलर) बराबर छ ।

अमेरिकी स्टक मार्केटको पूँजीकरण सबैभन्दा उच्च ५०.८६ ट्रिलियन डलर (५ सय खर्ब डलर) रहेको छ । त्यस्तै विश्वमा चीनको दोस्रो ठूलो स्टक मार्केट पूँजीकरण ८.४४ ट्रिलियन डलर (८४ खर्ब ४० अर्ब डलर) बराबर छ । तेस्रो ठूलो स्टक मार्केट जापानको हो । जापानी मार्केटको पूँजीकरण ६.३६ ट्रिलियन डलर (६३ खर्ब ६० अर्ब डलर) बराबरको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.