२०८१ श्रावण १२
Home BusinessCompanies वर्ल्डलिंकको स्मार्ट कम्बो अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ५० प्रतिशतसम्म छुट

वर्ल्डलिंकको स्मार्ट कम्बो अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ५० प्रतिशतसम्म छुट

by laganisutra

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ। स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ ।

साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन्। यो अफर पाउन ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । अफर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.