२०८१ श्रावण १२
Home Politics रवि लामिछाने पुगे ग्लोबल बैंकको कार्यालय

रवि लामिछाने पुगे ग्लोबल बैंकको कार्यालय

by laganisutra

काठमाडौं । ग्यालेक्सी टेलिभिजनबाट निस्कँदा एक करोड ८० लाख रुपैयाँ भुक्तानी लिएको प्रमाण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ग्लोबल आईएमई बैंकको पानीपोखरी शाखा गएका छन् ।

कान्तिपुर दैनिकले ग्लोबल आईएमई बैंकको स्लिपसहित समाचार छापेपछि रवि बैंक स्टेटमेन्ट लिन पुगेका हुन् । ‘‘पत्रकार सम्मेलन गर्न ढिला भयो भन्दै उनले आफूले गरेको सबै कारोबारको स्टेटमेन्ट मागे । अनि लिएर गए’’ बैंकका एक कर्मचारीले भने ।

ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोर्खा मिडियाका शेयर होल्डर हुँदा सहकारीको रकम अपचलनमा जोडिएका उनी निकै हतार मुद्रामा बैंकमा देखिए । उनको साथमा पूर्वडीआइजी छविलाल जोशी पनि थिए । उनको गोर्खा मिडियामा ३५ प्रतिशत शेयर थियो ।

रविले आफू संलग्न नरहेको दाबी गर्दै आएका थिए । सेयर किनबेचबापतको आर्थिक कारोबारै सार्वजनिक भएपछि रवि ग्लोबल आइएमइ बैंकको पानीपोखरी शाखामा गएका हुन् ।

ग्यालेक्सीको १५ प्रतिशत सेयर लिन सुप्रिम सहकारीबाट रकम लिएर गोर्खा मिडियाको खातामा राखेको र टेलिभिजन छाड्दा गोर्खा मिडियाबाट रविको खातामा एक करोड ८० लाख भुक्तानी लिएको कान्तिपुर दैनिकले प्रमाण सार्वजनिक गरेको छ ।

रवि राजनीतिमा आएपछि पनि सहकारी ठगीका मूख्य नाइके तथा गोर्खा मिडियाका अध्यक्ष जीवी राई र अर्का सञ्चालक जोशीसँग नजिक थिए । उनी उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि जीवी अर्का कुमार रम्तेलसहित शुभकामना दिन गएका थिए । छविलालले पनि मन्त्रालयमै पुगेर रविलाई शुभकामना दिएका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.