२०८१ श्रावण १२
Home Business एनएमबी बैंकको नाफा घट्यो

एनएमबी बैंकको नाफा घट्यो

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा एनएमबी बैंकको नाफामा गिरावट आएको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षाा अवधिमा बैंकको नाफा २५.४५ प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी घट्नु र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) मा वृद्धि हुँदा नाफामा गिरावट देखिएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब २६ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १२.३९ प्रतिशतले घटेर ३ अर्ब ७४ करोड २ लाखमा झरेको छ । यस्तै खुद फी तथा कमिसन आम्दानीमा भने समान्य सुधार भएर ८२ करोड ९७ लाखबाट ८६ करोड ९० लाख पुगेको छ ।

सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन ६२ करोड २० लाख रुपैयाँबाट बढेर ९५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँबाट २७.९८ प्रतिशतले घटेर १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँमा झरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.