२०८१ श्रावण १२
Home Business हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्यवृद्धिका कारण यो साता शेयर बजारमा उत्साह

हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्यवृद्धिका कारण यो साता शेयर बजारमा उत्साह

by laganisutra

काठमाडौं । शेयर बजार यो साता २०८८ अंकमा रहेर बन्द भएको छ । आइतबार करिब ३२ अंक बढेर २१ सय २० मा पुगेको बजार सोमबार सार्वजनिक बिदाका कारण बन्द रह्यो । मंगलबार फेरि करिब ५५ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१ सय ७५ अंक पुग्यो ।

बुधबार कारोबार भइरहँदा बजार परिसूचक नेप्सेले २२ सय अंक तोडे पनि अन्ततः २१ सय ६३ अंकमा ओर्लिएको छ ।

बिहीबार थप ७ अंक घटेसँगै यो साता २१५५.८ अंकमा बजार बन्द भयो । यो साता चार दिन खुलेको बजार सुरुका दुई दिन उच्च दरले बढ्यो भने अन्तिम दुई दिन न्यून दरमा घट्यो । समग्रमा बजारले बढ्दो लय समाएको देखिन्छ ।

यो साता अन्य समूह नै सबैभन्दा धेरै ८.९ प्रतिशत बढ्यो । गत साता पनि यही समूह सबैभन्दा धेरै ५ प्रतिशत बढेको थियो । यसै समूहमा हालै सूचीकृत हिमालयन रिइन्स्योरेन्सको उच्च मूल्यवृद्धिका कारण समग्र समूहको वृद्धिमा टेवा पुगेको हो ।

हिमालयन रिसहित नेपाल वेयरहाउजिङको मूल्यवृद्धिले पनि समूहलाई टेवा पुग्यो । यस समूहमा कुल ६ कम्पनी सूचीकृत रहेकोमा यो साता २० प्रतिशतभन्दा धेरै मूल्य बढेका दुई कम्पनी (वेयरहाउजिङ र हिमालयन रिइन्स्योरेन्स) नयाँ हुन् ।

यी २ कम्पनीको उच्च मूल्यवृद्धिका कारण समग्र समूहमा उच्च वृद्धि देखियो । त्यस्तै हाइड्रोपावर समूहको यो साता पनि राम्रो प्रदर्शन देखिएको छ । योे समूह ६ प्रतिशत बढ्यो । दुई समूह ब्यापार र होटल तथा पर्यटन भने यो साता ऋणात्मक रहे । त्यस्तै बैंकिङ समूहको गति पनि केही बढेको छ । यो समूह २.२ प्रतिशत बढ्यो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.