२०८१ श्रावण १२
Home BusinessCompanies कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी

कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी

by laganisutra

कर्णाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार ४६४ मेट्रिक टन यहाँको रैथाने बाली खरिद गर्ने भएको छ ।

यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीको संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्नेसम्बन्धी मन्त्रालय र व्यापार कम्पनीबीच शुक्रबार समझदारी भएको हो । उक्त समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा. नरहरिप्रसाद घिमिरे र कम्पनीको तर्फबाट निमित्त प्रादेशिक प्रमुख माधव मिश्रले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रअनुसार व्यापार कम्पनीले कोदो आठ हजार ६६०, कागुनो ३३८, चिनो ६८७, जुनेलो दुई, फापर ७६२, उवा ६१९, सिमी चार हजार ४७० र मार्सी धान तीन हजार ८८६ गरी कूल जम्मा १९ हजार ४६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने सहमति भएको सचिव डा. घिमिरेले जानकारी दिए ।

समझदारी पत्रअनुसार प्रथम पक्ष भनिएको मन्त्रालयले मातहतका कार्यालयलाई वार्षिक कार्यक्रममार्फत कृषकलाई रैथानेबाली उत्पादन तथा प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न निर्देशन दिने, प्रदेशस्तरीय रैथानेबालीको प्रशोधन, लेवलिङ र प्याकेजिङका मेसिनरी उपकरण व्यवस्था गर्न बजेटको प्रबन्ध मिलाउने, यसको उत्पादन परिमाण तथा कृषकको तथ्यांक् उपलब्ध गराउनेलगायत जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.