२०८१ जेष्ठ ७
Home BusinessCompanies एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

by laganisutra

काठमाडौं । सुवर्ण पौडेल एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल बनेका छन् ।

गत मंगलबार सम्पन्न २०१औं संचालक समितिको बैठकले पौडेललाई सर्वसम्मतिले अध्यक्षमा नियुक्ति गरेको हो । उनी ५ वषैदेखि संचालक समितिमा रही काम गर्दै आइरहेका छन् ।

संस्थापक समूहबाट संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आइरहेका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले आफ्नो पदबाट राजीनामा थिए । त्यसपछि पौडेल अध्यक्ष बनेका हुन् ।

नव नियुक्ति पौडेलले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल समक्ष सपथ ग्रहण गरेको छ । सोही दिनबाट उनले पद बहाल गरेका छन् ।

पौडेल व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमई फाइनान्सिङमा विधावारीधी गरी रहेका छन् । उनीसँग इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका साथै व्यवसाय परामर्श दाता, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक भन्दा बढीको कार्यानुभव रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.