२०८१ श्रावण १२
Home Business रुपन्देहीको तिलोत्तमालाई एडीबीको तीन अर्ब

रुपन्देहीको तिलोत्तमालाई एडीबीको तीन अर्ब

by laganisutra

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई एडीबीको अर्ब २५ करोड रुपैयाँ अनुदान र सहुलियत ऋण दिने भएको छ । नगरपालिका र एडीबीबीच उक्त रकम बराबरको योजना सञ्चालनका लागि सम्झौता गरिएको छ ।

नगरप्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिृकत नारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुस्कर र एडीबीका ‘कन्ट्री डाइरेक्टर’ अर्नाउड कौकोइसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एडीबीबाट प्राप्त बजेटबाट ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभमेन्ट परियोजना’ अन्तर्गत ठूला चारवटा योजना सञ्चालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

तिलोत्तमाको वडा नम्बर १७ मा पाँच विगाह क्षेत्रफल जग्गामा बहुउद्देश्यीय सुविधायुक्त र आधुनिक चिस्यान केन्द्र,पथ्थरडाँडा–तिनाउँ सडक, ड्राइभरटोल–शिवपुर सडक र मधौलिया बिहुली बरौलियाडाँडाहुँदै चिस्यान केन्द्र जोड्ने सडक निर्माण गरिने अर्यालले जानकारी गराए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.