२०८१ श्रावण १२
Home Business पुराना सवारी लिलाम गर्दै नेपाल राष्ट्र बैंक

पुराना सवारी लिलाम गर्दै नेपाल राष्ट्र बैंक

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेका २०१० देखि २०१४ मोडलका चारपांग्रे सवारी न्यूनतम मूल्य राखेर लिलाम बिक्री गर्ने भएको हो ।

बिहीबार एक सूचना जारी गर्दै बैंकले इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले १८ दिन अर्थात् २०८० माघ २१ गते भित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ । बोलपत्रको २०८० माघ २२ गते दिउँसो २ः३० बजे हुनेछ ।

सूचना अनुसार २०१० मोडलको बा ८ च ७९७० नम्बरको डाइहाट्सु टिरसको न्यूनतम मूल्य ९ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने २०१२ मोडलको बा ९ च ७३७४ नम्बर छिभोरेट ट्राभल्सको मूल्य ७ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी केन्द्रीय बैंकले बेच्न चाहेको २०१२ मोडलको बा ९ च ७३७५ नम्बरको छिभोरेट टेभराको मूल्य ६ लाख ६३ हजार रुपैयाँ तोकिएको छ भने २०१२ मोडलकै बा ९ च ७३७६ नम्बरको छिभोरेट टेभराको ६ लाख ८३ हजार रुपैयाँ, २०१२ मोडलकै अर्को बा ९ च ७३७९ नम्बरको छिभोरेट टेभराको ७ लाख ८ हजार रुपैयाँ र २०१४ मोडलको बा १२ च ८२७५ मोडलको किया स्पर्टेजको मूल्य २५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.