२०८१ श्रावण १२
Home Business उच्च मूल्यमा कारोबार हुँदै अलैँची

उच्च मूल्यमा कारोबार हुँदै अलैँची

by laganisutra

काठमाडौं । नेपाली बजारमा अलैँची यस वर्षकै उच्च मूल्यमा कारोबार भएको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा अलैँची प्रतिमन अर्थात ४० किलोग्राम ७७ हजार रुपियाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।

केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएकोमा अहिले उच्च मूल्यमा कारोबार भएको हो । अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको छ ।

अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् । अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार(पाँच वर्षयताकै राम्रो हो ।

गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.