२०८१ जेष्ठ ७
Home Business रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी

रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी

by laganisutra

काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक रवि लामिछाने र अध्यक्ष जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । दुवै जनाविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

उनले सहकारीबाट कर्जा प्रवाह हुँदा भएका सम्झौता,कागजात र प्रतिलिपी वा सक्कल कागजात झिकाई आवश्यक अनुसन्धान गर्न माग गरेका छन् ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, युवराज सफलले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.