363
काठमाडौं । वैदेशिक रोजगारीका लागि पुस महिनामा १८७ जना नेपाली बेलायत गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बेलायत जानका लागि १८७ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।
जसमा ११५ जना पुरुष र ७२ जना महिला रहेका छन् । १८४ जना व्यक्तिगत श्रम स्वीकृति मार्फत गएका हुन् भने ३ जना मेनपावर व्यवसायीमार्फत गएका हुन् ।
यसअघि मंसिरमा २१३ जनाले बेलायतका लागि श्रम स्वीकृति ९पुनः श्रम स्वीकृतिसहित० लिएका थिए । जसमा १२२ जना पुरुष र १०९ जना महिला थिए । ती सबै व्यक्तिगत श्रम स्वीकृति मार्फत बेलायत गएका थिए ।