२०८१ श्रावण १२
Home Economy अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा

अस्थायी आवासका लागि ७० करोड ८९ लाख निकासा

by laganisutra

रुकुमपश्चिम । रुकुमपश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणका लागि हालसम्म ७० करोड ८९ लाख ५० हजार रुपियाँ निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले दिएको जानकारीअनुसार हालसम्म २८ हजार ४३ जना लाभग्राहीको लागि पहिलो किस्ताबापतको उक्त रकम पठाइएको छ ।

पठाइएको सो रकमबाट स्थानीय तहले २२ हजार ६५ जना लाभग्राहीको खातामा ५५ करोड १६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले चौरजहारी नगरपालिकामा ६ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा ६ हजार एकसय ६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भइसकेको बताए ।

त्यसैगरी, आठबीसकोट नगरपालिकामा नौं हजार सातसय ३२ जना लाभग्राहीको लागि २४ करोड ३३ लाख रुपियाँ पठाएको छ भने नगरपालिकाले सात हजार सात सय २८ जना लाभग्राहीको खातामा १९ करोड ३२ लाख रुपियाँ जम्मा गरिसकेको छ ।

मुसीकोट नगरपालिकामा एक हजार छ सय ६० जना लाभग्राहीको लागि पठाएको चार करोड १५ लाख रुपियाँमध्ये छ सय ३५ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ ।

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय २१ जना लाभग्राहीका लागि १४ करोड ८० लाख २५ हजार रुपियाँ पठाइएको छ भने गाउँपालिकाले चार हजार सातसय ८५ लाई पहिलो किस्ताको रकम दिइसकेको छ । त्रिवेणी गाउँपालिकामा दुई हजार सातसय ५२ जना लाभग्राहीका लागि जिल्ला विपद् कोषबाट प्राप्त छ करोड ८८ लाख रुपियाँ सबै लाभग्राहीको खातामा पुगेको छ ।

बाँफिकोट गाउँपालिकामा एक हजार छसय ९९ जना लाभग्राहीका लागि पठाइएको चार करोड २४ लाख ७५ हजार रुपियाँ कुनै पनि लाभग्राहीको खातामा पुगेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्र गएको र नयाँ नआएकाले उक्त रकम लाभग्राहीले पाउन सकेका छैनन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.