२०८१ श्रावण १२
Home Business साढे १८ लाख ऋणीले लिए ५० खर्ब ऋण

साढे १८ लाख ऋणीले लिए ५० खर्ब ऋण

by laganisutra

काठमाडौँ । राष्ट्र बैंकको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६० खर्ब १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै करिब ५० खर्ब रुपैयाँ हाराहारी कर्जा लगानी गरेका छन् । मंसिर मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा गरेका छन् । सो मध्ये ४९ खर्ब ९७ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी भएको हो ।

केन्द्रीय बैंकका अनुसार ५० खर्ब हाराहारी ऋण जम्मा १८ लाख ५८ हजार ३५५ जना ऋणीले चलाएका छन् । जसमध्ये वाणिज्य बैंकबाट १५ लाख २७ हजार ७१४ जनाले ऋणको उपभोग गरेका छन् भने विकास बैंकतर्फ २ लाख ८८ हजार ५७५ खातावालाले र विभिन्न बैंक तथा वित्त कम्पनीहरुबाट ४२ हजार ६६ खातावाला लाभान्वित भएका छन् ।

तर निक्षेप खातातर्फ ५ करोड ३३ लाख ३ हजार ३७८ खाताबाट कूल ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप जम्मा भएको केन्द्रीय बैंकले जनाएको छ ।

कूल डिपोटिज (निक्षेप) कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १११.८५ प्रतिशत हो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकको जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब हाराहारी रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.