२०८१ श्रावण १२
Home Economy छ महिनामा राजस्व विभागले २ खर्ब ४२ अर्ब राजस्व उठायो

छ महिनामा राजस्व विभागले २ खर्ब ४२ अर्ब राजस्व उठायो

by laganisutra

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको ६ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व उठाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पौष मसान्तसम्म अर्थात् ६ महिनासम्म विभागले २ खर्ब ४२ अर्ब राजस्व उठाएको हो ।

गत आर्थिक वर्षको यो अवधिको तुलनामा विभागको राजस्व संकलन बढेको हो । गत वर्ष पौष मसान्तसम्म विभागले २ खर्ब २१ अर्ब राजस्व संकलन गरेको थियो । यसपाली ६ महिनामा ३ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा २० प्रतिशत कम राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागले गत वर्षभन्दा बढी राजस्व संकलन गर्नुमा एफपीओको प्रिमियम तथा मर्जर एवम् प्राप्तीको बार्गेन पर्चेज गेनमा लगाइएको करले ठूलो योगदान गरेको छ । एफपीओको प्रिमियम तथा मर्जर एवम् प्राप्तीको बार्गेन पर्चेज गेनमा बैंक तथा वित्तीय संस्थाले कर तिर्नुपर्ने सर्वोच्च अदालतको फैसलापछि एकैपटक झण्डै १४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यसले आन्तरिक राजस्व विभागलाई गत वर्षको भन्दा राजस्व बढाउन मद्दत गरेको हो ।

विभागले अन्तःशुल्क, भ्याट र आयकर शीर्षकमा राजस्व संकलन गर्दै आएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.