२०८१ श्रावण १२
Home EconomyNational काठमाडौं महानगरले भोलिदेखि ४ हजारलाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिँदै

काठमाडौं महानगरले भोलिदेखि ४ हजारलाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिँदै

by laganisutra

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार जनालाई तालिम दिने र ५ हजार जनालाई रोजगारीमा आबद्ध गराउने लक्ष्यसहित भोलिदेखि तामिल सुरु गर्ने महानगरले जनाएको छ । महानगरले ईसी काउन्सिल र ग्याप टेक्नोलोजीको सहकार्यमा तालिम दिन लागेको हो । यो सहकार्यबाट ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान हुने महानगरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जोडिएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेशनहरूको आधिकारिकता, जोखिमको विषयमा सिकाइनेछ । अहिले ३४ विधामा तालिम दिन लागेको र आवश्यकता र मागका आधारमा अन्य विधा थप गर्ने महानगरले सञ्चालन गर्ने सीपमूलक कार्यक्रमकी फोकल पर्सन शान्ता पहाडीले बताए ।

महानगरले १५ हजार जनालाई तालिम दिने लक्ष्य राखेकोमा साइबर सेक्युरिटी तालिमबाट मात्रै ४ हजार जना पुग्ने देखिन्छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.