२०८१ श्रावण १२
Home BusinessCompanies सेयरधनीलाई कुनै लाभांश नदिने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको घोषणा

सेयरधनीलाई कुनै लाभांश नदिने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको घोषणा

by laganisutra

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण नियमनकारी निकाय बीमा प्राधिकरणमा पठाउने र प्राधिकरणबाट स्वीकृति भएपश्चात साधारणसभामा लैजाने निर्णय कम्पनीले गरेको छ ।

यसअघि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष २०७८/७९ मा ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश दिएको थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५४५ रुपैयाँ छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.