२०८१ श्रावण १२
Home Business माघ महिनाका लागि नेपाल बैंकले घटायो ब्याजदर

माघ महिनाका लागि नेपाल बैंकले घटायो ब्याजदर

by laganisutra

काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको हो ।

बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि ५.५० प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ६.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यसअघि पुसमा बैंकले ४ प्रतिशतदेख ६ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७.०५६ प्रतिशत, व्यक्तिगततर्फ ८.५५६ प्रतिशत र रेमिट्यान्समा ९.५५६ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर ९.०५ प्रतिशत र स्प्रेडदर ३.८३ प्रतिशत छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.