२०८१ श्रावण १२
Home Business यो साता कस्तो रह्यो शेयर बजार ?

यो साता कस्तो रह्यो शेयर बजार ?

by laganisutra

काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३९ अंक बढेको छ ।गत साता २०४९ अंकमा बन्द भएको नेप्से यो साता २०८८।९ अंकमा बन्द भयो । यो साता ५ दिन खुलेको बजार २ दिन घट्यो भने ३ दिन बढ्यो । आइतबार २६।३६ अंक घटेको बजार सोमबार ३६।५७ अंक बढ्यो । मंगलबार २०।६२ अंक बढेको बजार बुधबार ९।५ अंक बढ्यो भने अन्तिम कारोबार दिन बिहीबार जम्मा ०।६२ अंक घट्यो । समग्रमा यो साता नेप्से १।९४ प्रतिशतले बढेको छ ।

यो साताका बुधबार र बिहीबार कारोबार भइरहँदा नेप्से परिसूचकले पटक पटक २१ सय अंक नाघे पनि अन्ततः कारोबार बन्द हुँदा २१ सय माथि टिक्न सकेन । समग्रमा यो साता बजारले घट्न मानेन भने २१ सयमाथि टिक्न पनि सकेन ।
यो साता कारोबार रकम पनि उल्लेख्य देखिन्छ । आइतबार ५ अर्ब २४ करोड, सोमबार ४ अर्ब ६७ करोड, मंगलबार ६ अर्ब ११ करोड, बुधबार ५ अर्ब १३ करोड र बिहीबार ४ अर्ब ३० करोडको कारोबार भयो ।

समूहगत रुपमा हेर्दा यो साता अन्य, विकास बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्समा उल्लेख्य वृद्धि देखिएको छ । अन्य समूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो । निर्जीवन बीमा र उत्पादन समूह भने यो साता घट्न पुगे ।
यस समूहमा कुल ६ वटा कम्पनी सूचीकृत छन् । नेपाल टेलिकम, नेपाल रिपब्लिक मिडिया, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स

६ कम्पनीमध्ये ३ कम्पनी नेपाल वेयर हाउजिङ, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य यो साता कारोबार भएका सबै दिन १० प्रतिशत बढ्यो । जसले गर्दा अरु ३ कम्पनी सामान्य घटबढ भए पनि बढेका ३ कम्पनीले समूह नै तान्यो १० प्रतिशत मूल्य बढिरहेका तीनै कम्पनी हालै बजारमा सूचीकृत भएका हुन् ।

नेपाल वेयरहाउजिङको ६८ लाख ७५ हजार कित्ता र मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृतमध्ये पनि संस्थापक सेयरमा हुने लकइन अवधि, सामूहिक लगानी कोषहरुले ६ महिना बेच्न नपाउने अवस्थाजस्ता कारणले आपूर्ति नियन्त्रित छ । जसले गर्दा यी दुई कम्पनीको मूल्य बढिरहेको छ ।

अर्को हिमालयन रिइन्स्योरेन्सको १० करोड कित्ता सेयर सूचीकृत छ भने ३ करोड कित्ता साधारण सेयर हो । यसको सेयर संख्या उच्च भए पनि तुलनात्मक रुपमा अर्को कम्पनी नेपाल रिइन्स्योरेन्सको भन्दा मूल्य तल भएकाले माग उच्च छ । बिहीबार बजार बन्द हुँदा हिमालयन रिको मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ छ भने नेपाल रिको ६६१ रुपैयाँ छ ।

यो साता पनि धेरै मूल्य बढेका कम्पनीहरुमा गत साताजस्तै सूचीकृत नयाँ कम्पनीहरु अगाडि रहे । धेरै मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे । संयोग नै मान्नुपर्छ, यी तीनै कम्पनी एउटै समूह ‘अन्य’मा सूचीकृत छन् । हिमालयन रिको पहिलो कारोबार ३०९ रुपैयाँ २० पैसामा यसै साताको सोमबारदेखि सुरु भएको हो ।

त्यसपछि सो दिनसहित ४ दिनसम्म कम्पनीको मूल्य १०–१० प्रतिशतका दरले बढ्यो । मुक्तिनाथ र नेपाल वेयरहाउजिङ भने केही साताअघि सूचीकृत भएका हुन् । सूचीकृत भएपछि यी दुई कम्पनीको मूल्य निरन्तर १० प्रतिशत बढिरहेको छ । यीसहित ९ कम्पनीको मूल्य यो साता १९ प्रतिशतभन्दा धेरै बढ्यो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.