२०८१ श्रावण १२
Home Economy सकारात्मक लयमा अर्थतन्त्र

सकारात्मक लयमा अर्थतन्त्र

by laganisutra

काठमाडौं । चालू आर्थिक वर्षको पाँच (मंसिर) महिनामा शोधानान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले शोधानान्तर स्थिति बचतमा रहेको देखाएको हो ।

आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत तथा व्यापार घाटा ३.१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी मूल्यवृद्धि घट्नु र विदेशी मुद्रा सञ्चिति बढेका कारण शोधानान्तर स्थिति बचतमा गएको हो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार, वार्षिक बिन्दुगत आधारमा मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ ।

मंसिर महिनामा अघिल्लो वर्षको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा राखेका वस्तुहरुको मूल्यमा कमी आएको, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा कार्तिकको तुलनामा मंसिरमा दैनिक उपभोग्य सामानको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड पुगेको केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड पुगेको छ भने पाँच महिनामाको अवधिमा चालू पुँजी खर्च ४ खर्ब ५३ अर्ब र राजस्व परिचालन ३ अर्ब ६३ अर्ब ४३ करोड रहेको छ ।

यस अवधिमा विस्तृत मुद्राप्रदायक ४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४.४ प्रतिशतले बढेको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.६ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशत अर्थात् १ खर्ब १० अर्ब ६ करोडले बढेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.