२०८१ श्रावण १२
Home BusinessCompanies शिवम् सिमेन्टको साधारण सभा सम्पन्न

शिवम् सिमेन्टको साधारण सभा सम्पन्न

by Lagani Yaman

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाबाट आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्व ४० करोडको १४।२५ प्रतिशतका दरले ६२ करोड ७० लाख बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पूँजी ४ अर्व ४० करोड रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।

शिवम् सिमेन्ट्स लिमिटेडको आज राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा आयोजना गरेको आठौं वार्षिक साधारण सभा कम्पनीको संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले संचालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.