२०८१ श्रावण १२
Home Business वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने लघुवित्त बैंकर्स संघको तयारी

वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने लघुवित्त बैंकर्स संघको तयारी

by laganisutra

काठमाडौं। नेपाल लघुवित्त बैंकर्स संघ पछिल्लो समय वित्तीय साक्षरता कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने तयारीमा जुटेको छ । संघका अध्यक्ष राम बहादुर यादवका अनुसार अहिलेको परिस्थितीबाट लघुवित्त माथि उठ्न वित्तीय साक्षरताका कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने तयारी थालेको हो ।

नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय वित्तीय साक्षरतालाई प्राथमिकता दिँदै आएको छ । त्यो सँगै लघुवित्त संस्थाहरुले पनि वित्तीय साक्षरता कार्यक्रमलाई अगाडि बढाइरहेका हुन् । लघुवित्त संघले पनि वित्तीय साक्षरतालाई विशेष स्थान दिने बताउँदै अध्यक्ष यादवले लघुवित्त संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर वित्तीय साक्षरता कार्यक्रम गर्ने बताए । उनले ७७ वटै जिल्लामा वित्तीय साक्षरता कार्यक्रम पुर्याउने बताएका छन् ।

उनका अनुसार संघले अहिले भइरहेको लघुवित्त विरुद्धको आन्दोलन र लघुवित्त क्षेत्रलाई प्रभाव पार्नेगरि गरिएका विभिन्न कार्यक्रमहरु र जनमानसमा उत्पन्न भइरहेको नकरात्मक धारणालाई चिर्न देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न लागेको हो ।

लघुवित्त संस्थाहरु नियमनकारी निकायको दायारभित्र बसेर पारदर्शी रुपमा काम गर्नुपर्ने बताउदै उनले भने, ‘ नेपाल लघुवित्त बैंकर्स संघले ट्रेनिङ र रिसर्चको विषयलाई पनि ध्यानमा राखेर कार्य गरिरहेको छ । संघले सहुलियतपूर्ण कर्जा लघुवित्तमार्फत लक्षित वर्गको मा सहजै पुग्ने हुँनाले ग्रामिण स्तरसम्मका ऋणीहरु लाभान्वित हुनेछन ।’

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.