२०८१ श्रावण १२
Home BusinessCompanies मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न

by laganisutra

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा यती इभेन्टस् एंड कन्फेरेन्स सेन्टर काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष भरतराज ढकालले आ.ब.२०७९/२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिकाकम्पनी सचिव रामशरण तिमल्सिनाज्यूले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए । पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ ।

जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भए । साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट श्री सीताराम काफ्लेज्यू अध्यक्ष चयन हुनु भएको छ । त्यस्तै, उक्त बैठकबाट ४बर्षे कार्यकालका लागी भरतराज ढकाल प्रबन्ध संचालकमा चयन गरिएको छ ।

कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गरि नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैङ्कको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन एक महिना अगाडी गरिएको थियो। कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी बस्तु तथा सेवा उपलब्ध गराउदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रकोमा जोड दिँदै आइरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.