२०८१ श्रावण १२
Home Business पहिलोपटक घट्यो चीनको निर्यात

पहिलोपटक घट्यो चीनको निर्यात

by laganisutra

बेइजिङ । सन् २०२३ मा चीनको निर्यात घटेको छ । सो अवधिमा चीनबाट कूल ३३ खर्ब ८० अर्ब डलर बराबरको वस्तु निर्यात भएको छ । एक वर्ष अघिको तुलनामा सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत कम भएको चीनको भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

विश्वभर माग सुस्ताएसँगै गएको वर्ष सन् २०१६ यता पहिलो पटक चीनको पूर्ण वार्षिक निर्यात घटेको हो । सन् २०२२ मा चीनको निर्यात एक वर्ष अघिको तुलनामा ७ प्रतिशतले बढेको थियो ।

अघिल्लो पटक चीनको सीमापार निर्यात सन् २०१६ मा ७ दशमलव ७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा आयात पनि साढे ५ प्रतिशतले घटेर २५ खर्ब ६० अर्ब डलरमा झरेको छ ।

सो अवधिमा बाँकी विश्वसँगको व्यापारमा चीनलाई ८ खर्ब २३ अर्ब डलर नाफा भएको थियो । गएको वर्ष विश्वको आर्थिक पुनः बहाली सुस्त रहेको भन्सार विभागका प्रवक्ता ल्यु दालियाङले बताएका थिए ।

बाह्य माग सुस्त रहँदा चीनको निर्यात प्रभावित भएको उनले बताए । माग कमजोर नै रहने भएकोले सन् २०२४ मा चीनको मागले कठिनाइको सामना गर्ने उनको भनाइ छ ।

वर्षभरिको निर्यात घटेको भए पनि डिसेम्बर महिनाको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले बढेको थियो । नोभेम्बर अघि चीनको निर्यात लगातार ६ महिनासम्म घटेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.