२०८१ श्रावण १२
Home Economy महँगी वृद्धिदर थप घट्दै

महँगी वृद्धिदर थप घट्दै

by laganisutra

काठमाडौं। मंसिरमा बजार मूल्य वृद्धिदर थप घटेको छ।

कात्तिक महिनामा पछिल्लो २४ महिना यताकै न्यून ५.३८ प्रतिशतको मूल्य वृद्धिदर रहेकोमा मंसिरमा थप घटेको प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ। २०७९ को मंसिर महिनामा यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.१० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८४ प्रतिशत रहेको छ।

२०८० मंसिर महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहमा रहेका वस्तुहरूको मूल्यमा कमी आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटाएको तथा २०८० कात्तिक महिनाको तुलनामा मंसिर महिनामा तरकारी, फलफूल, मरमसला, चिनी जस्ता वस्तुहरूको मूल्यमा कमी आएकोले मुद्रास्फीतिमा कम चाप पर्न गएको उल्लेख गरिएको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक क्रमशः १३.६६ प्रतिशत, ८.३७ प्रतिशत र ०.१३ प्रतिशतले घटेको छ।

मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३७.२२ प्रतिशत, फलफूलको १३.३७ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १३.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.५९ प्रतिशत र दाल तथा गेडागुडीको १०.५६ प्रतिशतले बढेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २.४८ प्रतिशतले घटेको छ।

यस्तै, मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ११.०३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशतले बढेको छ।

त्यस्तै फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.२४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.