२०८१ श्रावण १२
Home Business जीवन बीमा व्यवसायलाई मन्दीको प्रभावबाट जोगाउन बीमा अभिकर्ताको भूमिका प्रशंसनिय छ: ओली

जीवन बीमा व्यवसायलाई मन्दीको प्रभावबाट जोगाउन बीमा अभिकर्ताको भूमिका प्रशंसनिय छ: ओली

by laganisutra

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले आर्थिक मन्दीको अवस्थामा पनि जीवन बीमा व्यवसायलाई मन्दीको प्रभावबाट जोगाउन अभिकर्ताको भूमिका प्रश‌ंसनिय भएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको विशेष अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले विश्व आर्थिक मन्दीको प्रभावबाट नेपाल पनि गुज्रिरहेको भएपनि जीवन बीमा व्यवसायलाई चालू आर्थिक वर्षमा ४ प्रतिशत हाराहारीको वृद्धि दर दिलाउन सक्षम बनाउन अभिकर्ताहरुको कृयाशिलता कहिल्यै बिर्सन नसकिने बताए ।

उद्घाटन शत्रलाई सम्बोधनका क्रममा उनले भने,नेपालमा राजश्व भन्दा खर्च बढी भएको हामीले प्रत्यक्ष देखि रहेका छौं, यो कमजोर अर्थतन्त्रको प्रभाव हो । समग्र मुलुकमा छाएको कमजोर अर्थतन्त्रको प्रभाव हो । यस्तो अवस्थामा पनि यहाँहरुले आफ्नो काम अघि निरन्तरता सन्दर्भमा कमी भएन । यस्तो निराशाजनक अवस्थामा पनि बीमा क्षेत्रलाई ४ प्रतिशतभन्दा बढीको वृद्धि पाएका छौं, चौतर्फी निराशा भएको अवस्थामा बीमा क्षेत्रलाई निराशाबाट मुक्त राख्नुमा बीमक र नियामकको मात्र भूमिका छ भन्ने होइन तपाई अभिकर्ताको कृयाशिलता सबैभन्दा महत्वपूर्ण छ।

उनले नेपाल बीमा प्राधिकरणले नियामकको हैसियतले बीमा क्षेत्रको सुधारका लागि सकारात्मक दृष्टीकोण राखेर धेरै काम गर्न खोज्दा खोज्दै केही असफलता हात परेको र केहीमा पूर्ण रुपमा सफलता हात नलागेको उल्लेख गरे। उनले भने,तैपनि प्राधिकरणले तुलनात्मकरुपमा कार्य क्षेत्रलाई बिस्तार गर्दै लागेको छ।

केन्द्रबाट सेवा सञ्चालन गरि रहेको अवस्थामा सातवटै प्रदेश तहबाट सेवा प्रवाह गरिरहेको उल्रलेख गर्दै सञ्चालक ओलीले भने, संरचनागतरुपमा भौतिक संरचनामा हिसाबमा प्राधिकरण फराकिलो हिसाबले अघि बढी रहेको छ, कर्मचारी क्षमता पनि वृद्धि गरिरहेको छ। नियमनको विषयमा पनि प्राधिकरण विशेष तरिकाले अघि बढी रहेको छ। तपाईहरुले देखिने धेरै चिज र महशुस गर्ने धेरै चीज नभएपनि प्राधिकरण निरन्तर आफ्नो हिसाबले अघि बढी रहेको छ।

अन्जानवश भएका गल्ती माफ हुन्छ तर नियतवश स्वाभाविकरुपमा नेतृत्ववश हस्तान्तरण गर्न पाएको भए र स्वाभाविक गति दिन सकेको भए अलिकति भएपनि भयभित हुनुपर्ने स्थिति दिएन । नेतृत्वको कमजोरीले गर्दा केही बरालिएको अवस्थामा रह्यो भन्ने पनि अवस्था आयो । केही साथीहरुले स्वाभाविकरुपमा

छरिएर रहेको पूँजीलाई एकीकृत गरेर योगदान सिंगो मुलुकले कहिल्यै बिर्सन नसक्ने भन्दै सहभागि अभिकर्ताहरूलाई हौंस्याए । प्राधिकरणले ल्याएका केही प्रावधानका कारण के बीमा प्राधिकरण साँच्चै अभिकर्ताबाट टाढिन खोजेको हो भन्ने चर्चा हुन थालेको प्रति इंगित गर्दै ओलीले भने,  त्यस्तो होइन, हामीले जाने बुझेसम्म बीमाको दायरा बिस्तार गर्नका लागि कदम लिएको हो । उनले बीमाको दायरा बिस्तार गर्नका लागि नै प्राधिकरणले बीमा प्रवर्द्धनको वैकल्पिक वितरण प्रणालीहरु पनि समावेश गर्ने प्रयास गरेको दाबी गर्दै भने, धेरै विकसित मुलुकमा पनि ९० प्रतिशत व्यवसायमा बीमा अभिकर्ताको योगदान मुख्य रहन्छ। बीमा अभिकर्ताको योगदान उपेक्षा गर्न सकिदैन । यस्तो विशिष्ट योगदान गर्ने संस्था कसरी प्राधिकरणबाट टाढिन सक्छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.