२०८१ श्रावण १२
Home Business ह्वात्तै बढ्याे यति कार्पेटकाे व्यापार

ह्वात्तै बढ्याे यति कार्पेटकाे व्यापार

by laganisutra

काठमाडौं । नेपालका स्थापित व्यावसायिक घराना केडिया र रिलायन्स ग्रुपको लगानी रहेको यति कार्पेट प्राइभेट लिमिटेडको व्यापार ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी ५२ प्रतिशत अर्थात १५ करोड ९० लाख रुपैयाँले बढेको हो ।

२०२३ मा यतिले ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२ मा ३० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्को आम्दानी १९ करोड २० लाख रुपैयाँ थियो । आर्थिक शिथिलताका बाबजुद पनि कम्पनीले आफ्नो व्यापार उल्लेख्य बढाएको छ ।

आर्थिक वर्ष २०२० सालदेखि सञ्चालनमा आएको कम्पनीले फाइबर र धागोजस्ता कच्चा पदार्थ आयात गरेर कार्पेट–गलैंचा उत्पादन गर्दै आएको छ । उद्योग मधेस प्रदेशको वीरगन्जमा रहेको छ । यती कार्पेटमा अनिल कुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्रकुमार अग्रवाल र लोकेश तोदीको समान १३र१३ प्रतिशत सेयर स्वामित्व छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.