२०८१ श्रावण १२
Home Business माछापुच्छ्रे बैंकको संस्थापक सेयर बेचेर बाहिरिँदै सुरेन्द्र महतो

माछापुच्छ्रे बैंकको संस्थापक सेयर बेचेर बाहिरिँदै सुरेन्द्र महतो

by laganisutra

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी सुरेन्द्र महतो सेयर बेचेर बाहिरिने भएका छन् । उनको नाममा रहेको कुल १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याइएको छ । महतो परिवारले नै बैंकको सबैभन्दा धेरै सेयर होल्ड गर्दै आएको थियो ।

बैंकमा अहिले पनि उपेन्द्र महतोले ९३ लाख ७१ हजार ८८० र विरेन्द्र महतोले ६ लाख १७ हजार २४९ कित्ता सेयर होल्ड गरेका छन् । उपेन्द्रले मंसिर ७ गते मात्रै सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि रोशन केसी अध्यक्ष छन् ।

सुरेन्द्रले बिक्री गर्ने सेयरका लागि गोप्य शिलबन्दीमार्फत खरिद गर्न इच्छुक लगानीकर्ताबाट आवेदन माग गरिएको छ । सार्वजनिक सूचनामार्फत न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ कायम राख्दै इच्छुक लगानीकर्ता व्यक्ति तथा संघसंस्थाबाट गोप्य शिलबन्दी बोलपत्र माग गरिएको हो ।

माघ २ गते कार्यालय समयभित्र सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पुग्नेगरी आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.