२०८१ श्रावण १२
Home Business बुधबार ९.५० अंकले बढ्यो परिसूचक नेप्से

बुधबार ९.५० अंकले बढ्यो परिसूचक नेप्से

by laganisutra

काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले बढेर ३८६.३३ बिन्दुमा पुगेको छ ।

आज कुल ३०१ कम्पनीका १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजारमा किनबेच भयो । आज ११८ कम्पनीका लगानीकर्ताले कमाउँदा ११८ वटै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

त्यस्तै १३ उपसमूहमध्ये बैंकिङ, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसमूहको सूचक बढेको छ भने अन्य उपसमूहको सूचक ओरालो लागेको छ ।

आज सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो । त्यस्तो कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नाग्दी ग्रुप पावर, हाथवे इन्भेस्टमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौँ स्थानमा रहे ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.