२०८१ श्रावण १२
Home Business नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

by laganisutra

काठमाडौं । दातृ निकाय विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले चालू आवमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो । बुधबार विश्व बैंकद्वारा जारी विज्ञप्तिमा आगामी वर्षमा ५ प्रतिशत वृद्धिदर हासिल हुने प्रक्षेपण गरिएको हो ।

नेपालले गत आर्थिक वर्ष २०२२/२३ मा १.९ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । भारतले दक्षिण एसियामा भारतले सबभन्दा धेरै ६.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।

त्यसपछि क्रमशः बंगलादेशको ५.८ प्रतिशत र माल्दिभ्सले ५.५ प्रतिशत वृद्धिदर हासिल गर्ने बैंकले जनाएको छ । दक्षिण एसियामा नेपाल चौथो स्थानमा रहँदै ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । भुटानले ४.६ प्रतिशत, पाकिस्तान र श्रीलंकाले समान २.४ प्रतिशते वृद्धिदर हासिल गर्ने प्रक्षेपण बैंकले गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.