२०८१ श्रावण १२
Home Business डिशहोमले वार्षिक ११ हजार १५ रूपैयाँमा २ सय एमबिपिएसकाे इन्टरनेट सेवा दिने

डिशहोमले वार्षिक ११ हजार १५ रूपैयाँमा २ सय एमबिपिएसकाे इन्टरनेट सेवा दिने

by laganisutra

काठमाडौं । नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिशहोम फाइबर नेट रहेको कम्पनीले दाबी गरेको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकहरू (आइएसपिएस) को हालै गरिएको एक अध्ययनले सबैभन्दा सहुलियत मूल्यमा सेवा प्रदान गर्ने कम्पनीमा डिशहोम अगाडि देखिएको छ ।

डिशहोमले सबैभन्दा कम शुल्कमा २ सय एमबिपिएसको उच्च स्पिडमा इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीले बताएको छ ।

इन्टरनेट प्रदायक कम्पनीहरूको एक वर्षको शुल्कलाई आधार बनाएर अध्ययन गरिएको थियो। नेपालमा सबैभन्दा छिटो र प्रतिस्पर्धीहरूको तुलनामा कम लागतमा गुणस्तरीय आवासीय इन्टरनेट सेवा प्रदान गर्दै आएको अध्ययनको निष्कर्ष छ ।

तुलनात्मक अध्ययनले विभिन्न इन्टरनेट सेवा प्रदायकहरूमध्ये २ सय एमबिपिएस इन्टरनेट प्याकेजमा डिशहोम फाइबरनेट ग्राहकका लागि सस्तो देखिएको कम्पनीको भनाइ छ ।

नयाँ जडान गर्ने ग्राहकका लागि डिशहोम फाइबरनेटले सदस्यता शुल्कमा ११ हजार १५ रूपैयाँको प्याकेज प्रदान गर्नेछ ।

उच्च गतिको इन्टरनेट सेवाको खोजीमा रहेका ग्राहकहरूका लागि सबैभन्दा किफायती विकल्प भएको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेटले सस्तो र पहुँचयोग्य उच्च स्पिड इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धताअनुसार सेटअप शुल्क जम्मा पाँच सय रूपैयाँ मात्र तोकेको छ ।

एक वर्षभरी ग्राहकले ११ हजार १२१ रूपैयाँमा २ सय एमबिपिएसको इन्टरनेट सुविधा लिन सक्नेछन् ।

डिशहोम फाइबरनेटको प्रतिस्पर्धी मूल्य निर्धारण रणनीतिले उच्च गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा कमी नआउने कम्पनीले स्पष्ट गरेको छ ।

डिशहोमले ल्याएको ग्राहक केन्द्रित नयाँ रणनीतिले छिटो र भरपर्दो इन्टरनेट सेवाको माग माग बढ्दै गएको आजको अवस्थामा ग्राहकहरूका लागि विकल्प हुन सक्ने विश्वास कम्पनीको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.