२०८१ बैशाख २५
Home Business यस्तो छ विदेशी मुद्राको विनियम दर

यस्तो छ विदेशी मुद्राको विनियम दर

by laganisutra

काठमाडौं । मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ । राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।

सोमबार डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो । यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

आज युरो एकको खरिदमा १४५ रूपैयाँ २५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसाले सस्तो हो । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रूपैयाँ २१ पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ १३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५३ पैसा तोकिएको थियो । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४८ पैसा तोकिएको छ । त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रूपैयाँ १८ पैसा र बिक्रीमा ९९ रूपैयाँ ६३ पैसा पाइन्छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीमा २८ रूपैयाँ ६७ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६५ पैसा तोकिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.