२०८१ श्रावण १२
Home Business ५ महिनाको अवधिमा ३८ करोड बढीको दालमोट आयात

५ महिनाको अवधिमा ३८ करोड बढीको दालमोट आयात

by laganisutra

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो ।

यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ । यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ ।

तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ । जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको तथ्याङ्क छ । यस्तै, नेपालबाट समेत न्यून मात्रामा यी वस्तुको निर्यात हुने गरेको छ ।

यस अवधिमा नेपालबाट ४ करोड ६२ लाख रुपैयाँको दालमोट लगायतका वस्तुको निर्यात भएको छ । तथ्यांकअनुसार यी वस्तुको व्यापारमा नेपाललाई ३४ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.