२०८१ श्रावण १२
Home Business दोस्रो सर्किटसँगै हिमालयन रिइन्सुरेन्सको आइपिओ भर्ने सर्वसाधारणले कति कमाए नाफा ?

दोस्रो सर्किटसँगै हिमालयन रिइन्सुरेन्सको आइपिओ भर्ने सर्वसाधारणले कति कमाए नाफा ?

by laganisutra

काठमाडौं । हिमालयन रिइन्सुरेन्सको आइपिओमा मङ्गलबार दोस्रो सकारात्मक सर्किट लागेसँगै आइपिओ भर्नेहरुले करिब ५ हजार रुपैयाँसम्म नाफा कमाएका छन् ।

आइपिओ बाँडफाँड गर्ने क्रममा सर्वसाधारणलाई न्यूनतम १० कित्ता देखि अधिकतम ३० कित्तासम्म बाँडफाँड भएको थियो । अङ्कित मूल्य एक सयमा एक सय ६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले प्रति कित्ता २०६ रुपैयाँमा आइपिओ जारी गरेको थियो । मङ्गलबार उक्त कम्पनीको प्रतिकित्ता तीन सय ७४ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ ।

प्रतिकित्ता एक सय ६८ रुपैयाँ नाफाका हिसाबले ३० कित्ता आवेदन दिएकाहरुले पाँच हजार ४३ रुपैयाँ नाफा गरेका छन् । यसगरी २० कित्ता आवेदन दिनेहरुले तीन हजार तीन सय ६२ तथा १० कित्ता आवेदन दिनेले एक हजार ६ सय ८१ रुपैयाँ नाफा गरेका हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.