२०८१ श्रावण १२
Home Market दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत

by laganisutra

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो।

खनालले मंगलबार बिहानमात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर राजीनामा बुझाएका थिए। उनले आफ्नो स्व: इच्छाले राजीनामा बुझाएको बताए ।

खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।  उनको राजीनामा स्वीकृत भएसँगै रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गरिने भएको छ।

मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय भएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.