२०८१ श्रावण १२
Home Business ९.९९ प्रतिशतले बढ्यो हिमालयन रि इन्स्योरेन्सको सेयर

९.९९ प्रतिशतले बढ्यो हिमालयन रि इन्स्योरेन्सको सेयर

by laganisutra

काठमाडौं । प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार सुरु भएको हिमालयन रि इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबार सुरु भएलगत्तै ९.९९ प्रतिशतले बढ्दै सकरात्मक सर्किटसँगै ३४०.१० रुपैयाँ पुगेर कारोबार रोकिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट हिमालयन रिको सेयरले १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेञ्ज पाएको थियो । यसमध्ये ३०९ रुपैयाँबाट कारोबार सुरु भएर प्रतिकित्ता ३४० रुपैयाँ पुगेर रोकिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्मका लागि प्राथमिक सेयर बिक्री खुलाएको थियो । यसक्रममा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर पाएका थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै २०६ रुपैयाँमा बिक्री खुलाएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.