२०८१ श्रावण १२
Home Economy ४० वर्षभन्दा माथिकालाई ‘सब्सिडी’ प्रदान गर्ने हङकङका मन्त्री क्रिस सनकोे घोषणा

४० वर्षभन्दा माथिकालाई ‘सब्सिडी’ प्रदान गर्ने हङकङका मन्त्री क्रिस सनकोे घोषणा

by Lagani Yaman

काठमाडौं । हङकङका श्रम तथा कल्याण मन्त्री (लेवर एन्ड वेलफेयर मिनिस्टर) क्रिस सनले ४० वर्षभन्दा माथिका व्यक्तिलाई ‘सब्सिडी’ प्रदान गर्ने योजना अघि बढिरहेको बताएका छन् ।

‘सब्सिडी’ भनेको व्यक्ति, व्यवसाय वा संस्थालाई सामान्यतया सरकारले दिने लाभ हो । यो प्रत्यक्ष वा अप्रत्यक्ष दुवै हुन सक्दछ । जस्तै, प्रत्यक्षमा नगद भुक्तानी हुन सक्दछ भने अप्रत्यक्षमा कर छुट हुन सक्दछ । सरकारले प्रदान गर्न लागेको ‘सब्सिडी’ले महिलालाई बढी राहत मिल्ने मन्त्री सनको धारणा छ ।

मन्त्री सनका अनुसार ‘रि–इन्प्लोइमेन्ट अलाउन्स पाइलट स्किम’ अन्तर्गत लागातार ६ महिना काम गर्नेले तीन महिना काम नगर्दाको अवस्थामा पनि हङकङ डलर १० हजार पाउनेछन् । त्यस्तै एक वर्षसम्म काम गर्नेले थप १० हजार डलर पाउनेछन् । तर, यो योजना सार्वजनिक गर्न भने बाँकी रहेको उनको भनाइ छ ।

‘यसले केही समय लिनेछ किनकि हामी विवरण तयार पार्दैछौँ,’ मन्त्री सनलाई उद्धृत गर्दै आरटीएचकेले लेखेको छ, ‘यसको उद्देश्य विशेषगरी महिलालाई श्रम बजारमा आकर्षित गर्नु हो । किनभने हामीले देखेकै छौँ, ४० देखि ५९ वर्ष उमेर समूहका महिलाहरूको श्रमशक्ति सहभागिता दर पुरुषको तुलनामा धेरै कम छ ।’

महिलालाई श्रम बजारमा फर्कन मद्दत गर्नका लागि बाल हेरचाह सेवा ९चाइल्ड केयर सर्भिस० पनि बढाउँदै लगिएको मन्त्री सनले बताए । यसका साथै, समुदायको सेवा गर्न प्रशासनले स्थापना गरेको उपविभाजित फ्ल्याटमा पनि अधिकारीहरूले भ्रमण गर्नेछन् । यस्ता फ्ल्याटको भ्रमण गरी त्यहाँ बस्ने वृद्धवृद्धाको पीरमर्का बुझ्ने उद्देश्य रहेको मन्त्री सनको भनाइ छ ।

यदि उनीहरूलाई कठिनाइ छ र मद्दत गर्ने कोही छैन भने हेरचाह टोलीले उनीहरूलाई सामाजिक कल्याणकारी संस्था (सोसल वेलफेयर अर्गनाइजेसन) हरूमा पठाउन सक्नेछन्,’ मन्त्री सनको भनाइ उद्धृत गर्दै समाचारमा लेखिएको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.