२०८१ श्रावण १२
Home Business नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्काशन गर्ने

नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्काशन गर्ने

by laganisutra

काठमाडौं । नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित माघ ७ गते साधारणसभा आह्वान गरेको छ । नेपाल ब्रोडकास्टीङ्ग च्यानल मार्फत न्युज २४ टिभी तथा अनलाइन संचालन भइरहेको छ । कम्पनीले तय गरेको साधारणसभामा आईपीओ निष्काशन सम्बन्धि विभिन्न विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

साथै कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गरी प्रबन्धपत्रको दफा ६ संसोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ । त्यस्तै प्रबन्धपत्रको दफा ६ (घ) र (ङ) संसोधन गरी सर्वसाधारण सेयरधनीलाई छुट्टाइएको सेयरको अनुपातमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिने छ ।

त्यस्तै सभाको प्रस्तावमा कम्पनीको सेयरको अंकित मूल्य संसोधन गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने, साधारण सेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने प्रस्ताव पनि सभामा पेश हुने सूचनामा उल्लेख छ । कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.